धनकुटाको पाख्रिबासबाट आएका मूर्तिकार शंकर बराइलीले यहाँको खैरेनीटारमा ढुंगामा विभिन्न कलात्मक आकृति कुँद्न थालेको महिनौँ बितिसकेको छ। विभिन्न व्यक्तिका आकृति कुँदिरहेका उनले श्रमदानका रुपमा काम गरिरहेको बताए।

सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले धरान उपमहानगरपालिका-४ खैरेनीटारमा श्रमदानबाट निर्माण भइरहेको ढुंगे पार्कमा अझ आफ्नो कलालाई निखारीरहेका छन्। उनी भन्छन्, ‘मैले आफ्नो सीपलाई विकास, समृद्धि र पर्यटनमा उपयोग गर्न पाउँदा खुसी छु।’

फोहोर मैला र झाडीले ढाकेको ठाउँलाई व्यवस्थित गरेर ढुंगामा कलात्मक आकृतिहरु कुँदेर ढुंगे पार्क निर्माण भइरहेको छ। स्थानीय कला संस्कृति झल्काइ श्रम संस्कृतिको नमूनाको विकास गर्न ढुंगे पार्क निर्माण थालिएको ढुंगे कला पार्क निर्माण परियोजनाका व्यवस्थापक भैरव आङ्लाले जानकारी दिए। ‘बनमारा र झाडी देख्दा विरक्त लाग्ने ठाउँ थियो। यो ठाउँलाई आन्तरिक र बाह्य पर्यटकको घुम्ने थलो निर्माण थालिएको हो’, उनले भने।

धरानका नगर प्रमुख हर्क साम्पाङ राईको नेतृत्वमा श्रमदान गरी निर्माण गरिएका दर्जनौँ पार्क छन्। अझ धरानलाई थप उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ ढुंगे पार्क निर्माण थालिएको हो। पार्क निर्माणमा विभिन्न संघसंस्था र दाताहरुको सहयोग छ।

पार्कमा हाल खोटाङ, ओखलढुंगा, धनकुटा, मोरङ र सुनसरीका आठजना मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन्। श्रमदानबाट बनाइएका पार्कले धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवर्द्धन हुने धरान उपमहानगरपालिका-४ का वडाध्यक्ष धनबहादुर राईले बताए।

यस पार्कमा जीवित व्यक्तिका आकृतिहरु कुँदिएका छन्। जुन ऐतिहासिक र सांस्कृतिक रुपमा महत्त्वपूर्ण हुने वडाध्यक्ष राईले बताए। पार्कमा डा सन्दुक रुइत, कुलमान घिसिङ, महावीर पुनलगायत दर्जनौँ व्यक्तिका आकृति, स्थानीय कलासंस्कृति झल्किने आकृति कोरिएका छन्।

ढुंगे कला पार्कमा आउने पर्यटकले यो ठाउँलाई देशविदेशमा चिनाउने खैरैनीटारका स्थानीयवासी आनन्द राईले बताए। पार्क निर्माण सम्पन्न नहुँदै ढुंगाबाट बनाइएका विभिन्न किसिमका आकृतिहरुले पर्यटकको ध्यान खिच्न सुरु गरिसकेको छ। हाल दैनिक एक सयभन्दा बढी पर्यटकहरु पुग्ने गरेको स्थानीयवासी राईले बताए।

यस पार्कमा स्वतन्त्र नागरिक समाज (म्याक्स टिम)ले धरान उपमहानगरपालिका-४ को १६ फिट अग्लो ४ नंको स्तम्भ श्रमदानबाट निर्माण गरेका छन्। श्रमदानबाट बन्दै गरेको ढुंगे पार्कमा आकर्षण थप्न स्तम्भ निर्माण गरेको स्वतन्त्र नागरिक समाजका मेघबहादुर राईले बताए। रासस

मङ्लबार, २० फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा