बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ । शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पयर्टक होटलमा आश्रय लिएर बसेका छन् ।

चुमनुब्री–१ का वडाध्यक्ष कर्माछेवाङ लामाले लार्केपास गर्न हिँडेका पर्यटक हिमपातले गर्दा साम्दो गाउँमा रोकिएका बताए ।

“साम्दोमा रहेका होटल जम्मालमा १४ जना पर्यटकले आश्रय लिएर बसिरहेका छन्”, होटलका सञ्चालक निमादोर्जे लामाले भने, “होटल याक र धर्मशालामा गरी थप नौ जना पर्यटक लार्केपासतर्फ जान नसकी रोकिएका हुन् ।” पर्यटक जोखिम मोलेर पदयात्रा गर्न नचाहने भएकाले होटलमा आश्रय लिएर बसेका उहाँले बताउनुभयो ।

अहिले त्यस क्षेत्रमा जमिनबाट करिब १० इन्चजति बाक्लो हिउँ जमेको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए । बाक्लो हिमपातका कारण अत्यधिक चिसो बढेको र जनजीवन प्रभावित भएको उनको भनाइ छ ।

तत्कालै हिमपात रोकिने कुनै अवस्था नरहेकाले पर्यटक अझै केही दिन साम्दोमा क्षेत्रमा रोकिनुपर्ने हुनसक्ने अनुमान गरिएको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धा चिसोका कारण घरबाहिर निस्कन नसक्नुका साथै दैनिक काम गर्न र स्थानीवासीलाई घाँसदाउरा गर्न कठिनाइ भएको लामाले बताए । रासस

शनिबार, १७ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा