राष्ट्रपति भवन शितल निवासमा ग्याल्पो ल्होसारको अवसरमा एक कार्यक्रम आयोजना गरीएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बख्खुमा सजिएर फेम्बर काट्दै आज शेर्पा समूदायका अगुवाहरुसंग ग्याल्पो लोसार मनाउनुभएको हो । राष्ट्रपति पौडेलले २१५२ सिङ मो डुल लो ग्याल्पो लोसारको अवसरमा यसरी शुभकामना आदान प्रदान सहित ल्होसार मनाउनुभएको हो ।
नेपाल शेर्पा संघ र शेर्पा कार्यक्रम आयोजकको संयूक्त आयोजनामा राष्ट्रपति भवन शितल निवासमा आयोजित ग्याल्पो लोसार शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति शेर्पा पोशाक बख्खुमा सजिएर फेम्बर (ंविशेष प्रकारको परिकार) काटेर लोसार मनाउनुभएको थियो ।
शेर्पा समुदायको विशिष्ठ व्यक्तिहरुको उपस्थितीमा भएको कार्यक्रममा शेर्पा संस्कृतिमा आधारित श्याब्रु, शिली नृत्य गरिएको थियो । त्यस्तै, शेर्पा कलाकारहरुले शेर्पा भाषामा लोसारका गीतहरु गाएर शेर्पा समुदायको भाषा, संस्कृतिको बारेमा उजागर गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले ग्याल्पो लोसार जस्ता चाडपर्वले सबै नेपालीवीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भाव बृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँदै आपसी भाइचाराको नाता, राष्ट्रिय एकता समेत प्रगढ बनाउन ग्याल्पो लोसार जस्ता चाडहरुले विशेष भूमिका रहने राष्ट्रपति पौडेलको भनाइ थियो । नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिहरुको प्रथाजनित कानून, मूल्य मान्यताहरुलाई संस्थागत गर्दै पहिचान, सभ्यतालाई सुृदृढ र संरक्षण गर्नु राज्यको दायित्व रहेकाले यसतर्फ सोच्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष शेर्पाले नेपालमा शेर्पा जातिको विशेष पहिचान रहेको र राष्ट्र निर्माणमा शेर्पाहरुले पर्वतीय पर्यटन लगायतको माध्यमबाट खेलेको भूमिकाको राज्यले समयसापेक्ष मूल्याङ्कन गर्दै प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री आङ छिरिङ शेर्पा लगायत शेर्पा समुदायका संघसंस्थाका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । शेर्पा समुदायले यस बर्ष
आजदेखि गुथुक र फागुन १६ गते नयाँ बर्षको स्वागत गर्दै भव्यताका साथ ल्होसार मनाउँछन् ।

बिहिबार, १५ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा