file photo

सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै सो पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । यस पर्वमा भगवान् शिवको पूजाआरधना र तपस्या गरी मनाइन्छ ।

महाशिवरात्रिको विशेष महत्व धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक रूपमा गहिरो छ । किंवदन्तीअनुसार यस रात शिव–पार्वतीको विवाह भएको दिन हो । यस दिनलाई भगवान् शिवले सृष्टि, संरक्षण र संहारको सिद्धान्तलाई आत्मसात् गरी ध्यानमग्न भएको दिनका रूपमा समेत स्मरण गरिन्छ ।

सभामुख घिमिरेले भनेका छन्, “नेपाल धार्मिक तथा सांस्कृतिक विविधताको धनी राष्ट्र हो, यहाँ रहेका मठमन्दिर, पर्व–उत्सव र परम्पराले नेपाली सभ्यतालाई विशिष्टता प्रदान गरेका छन्, महाशिवरात्रि पनि हाम्रो संस्कृति र परम्परासँग अभिन्न रूपमा गाँसिएको पर्व हो ।”

काठमाडौँस्थित पशुपतिनाथ मन्दिर महाशिवरात्रिका अवसरमा लाखौँ भक्तजनको गन्तव्य बन्ने गरेको छ । पशुपतिनाथमा भगवान् शिवलाई पशुपति अर्थात् सम्पूर्ण जीवहरूको स्वामीको रूपमा पूजा गरिन्छ । यस अवसरमा पशुपतिनाथ क्षेत्रमा महादेवका भक्तहरूले विशेष आराधना, रुद्राभिषेक, जाग्राम, भजनकीर्तन तथा ध्यान साधना गरेर शिवभक्ति अभिव्यक्त गर्दछन् ।

बुधबार, १४ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !