काठमाडौँ महानगरपालिकाले छात्राबासहरू (होस्टल)लाई तोकिएको मापदण्डअनुरुप सञ्चालन गराउन सूचकका आधारमा अनुगमन गरिने जनाएको छ ।
कामपाका उपप्रमुख सुनिता डङ्गोलले छात्राबास व्यवस्थापनका लागि अनुगमन गरिने बताइन्। छात्राबासलाई व्यवस्थित बनाउन जारी गरिएको ‘छात्राबास सञ्चालनसम्बन्धी मापदण्ड २०८०’ ले तोकेका व्यवस्था कार्यान्वयनमा ल्याउन कामपा शिक्षा विभागले अनुगमन गर्ने उनले बताइन्।

मापदण्डले कामपाभित्र छात्राबास सञ्चालन गर्न कार्ययोजना, प्रतिबद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्राबास राख्ने भवनको नक्सा र नक्सापास प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाणपत्रसहित कागजातसहित दर्ता गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

छात्राबासभित्र हुनुपर्ने न्युनतम पूर्वाधारअन्तर्गत शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत्, प्रत्येक छात्रछात्राका लागि पलङ, दराज र टेबल फोहरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध गरिनुपर्ने भनिएको छ । कोठाहरू फराकिला, खुल्ला हुनुपर्ने र पर्याप्त प्रकाश छिर्ने, हावा दोहोरो चल्ने हुनुपर्नेलगायत उल्लेख छ ।

कामपाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्ने, बस्ने छात्रछात्राको हालसालै खिचेको तस्बिर, पहिचान देखिने सरकारी कागज राख्नुपर्ने व्यवस्थामा भनिएको छ । असम्बन्धित व्यक्तिभित्र आउन दिन नहुने, कोठाभित्र मदिराजन्य, लागुपदार्थ, सुर्तिजन्य पदार्थ ओसारपसार, बिक्रीवितरण र प्रयोग गर्न नपाइने भनिएको छ । सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भएकाले उमेर ३० वर्ष पूरा हुनुपर्ने जनाइएको छ ।

मङ्लबार, ६ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे