तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका छन्।

संघ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मंगलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले त्यसको उद्घाटन गरे।

यहाँका स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो। सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन्। सडक निर्माणपछि जीप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालन भएका छन्।

सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ। नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा १ करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ।

उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब २० मिनेटमा पूरा हुने बताए। आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले मंगलबार नाचगान गरेर खुसीयाली मनाएका थिए। रासस

सोमवार, ५ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे