file photo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन सडक विभागलाई निर्देशन दिएका छन्।

संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री खड्काले आज सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायतको टिमसँगको भेटमा सडक तथा पुल निर्माण समयमा नहुँदा संखुवासभावासीले दुःख पाएको भन्दै ठेक्का लागेका आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन्।

उनले संखुवासभाको बहुप्रतिक्षित खाँदबारी-किमाथांका सडक र जिल्लाका अन्य सडकको अवस्थाबारे जानकारी लिँदै पुल र सडक निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिए।

‘पुल नहुँदा सिलिचोङ गाउँपालिका संखुवासभा जिल्ला नै होइन जस्तो भएको छ, सिलिचोङका जनताले साह्रै दुःख पाएका छन्। सिलिचोङ जोड्ने पुल निर्माणलाई तत्काल अगाडि बढाउनुहोस्’, मन्त्री खड्काले भने। उनले खाँदबारी-किमाथांका सडक कालोपत्र गर्न उत्तरी क्षेत्रमा बजेट अभाव हुन नदिन चीन सरकारसँग छलफल गर्ने बताए।

भेटमा सडक विभागका महानिर्देशक पोखरेलले कोसी राजमार्गअन्तर्गतको खाँदबारी किमाथांका सडकलाई विभागले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले हालसम्म खाँदबारीदेखि किमाथांकासम्मको ४९ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी गराए।

महानिर्देशक पोखरेलले संखुवासभाका अन्य सडक तथा पुललाई पनि विभागले समयमै सम्पन्न गर्नेगरी काम गरिरहेको उल्लेख गरे।

भेटमा सडक विभागका उत्तर-दक्षिण आयोजना निर्देशक नवीनमान श्रेष्ठ तथा विभागका कोशी राजमार्गअन्तर्गतको खाँदबारी किमाथांका सडकका योजना प्रमुख रामबहादुर गुरुङ सहभागी थिए।

शुक्रबार, २ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा