file photo

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउने बताएका छन्।

तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा आज शुभकामना दिँदै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन्।

अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गरे। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सबै प्रकारका विभेदको अन्त्य गरी वैज्ञानिक समाजवाद कार्यान्वयनको खाँचो औँल्याए।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार पर्वमा सो समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरणसहित आपसमा खुसी आदानप्रदान गर्ने प्रचलन छ।

बिहिबार, १७ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !