नेपाल आयल निगमले इन्धनको मूल्यवृद्धि गरेको छ। बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

प्रट्रोलमा प्रतिलिटर रू.२ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रू.३ वृद्धि गर्ने निर्णय भएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट बुधबार मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमको भनाइ छ।

नयाँ तोकिएको मूल्य बुधबार राति १२ बजेदेखि लागु हुने निगमे जनाएको छ।

मूल्य वृद्धि भएसँगै पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्ज) मा पेट्रोल प्रतिलिटर रू. १६२.५० र डिजेल तथा मट्टितेल प्रतिलिटर १५३.५० पुगेको छ।

त्यस्तै दोस्रो वर्ग (सुर्खेत र दाङ) मा पेट्रोलको मूल्य प्रतिलिटर रू. १६४ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रू. १५५ हुने भएको छ। तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा पेट्रोलको मूल्य प्रतिलिटर रू. १६५ र डिजेल तथा मट्टितेल प्रतिलिटर रू. १५६ भएको छ।

यसअघि निगमले गत पुस १६ गते इन्धनको मूल्य वृद्धि गरेको थियो।

बिहिबार, ३ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !