चितवनको माडीस्थित सोमेश्वरगढी सडक सञ्जालसँग जोडिएको छ। माडी नगरपालिका-५ स्थित ऐतिहासिक एवं धार्मिकस्थल सोमेश्वरगढीमा सडक जोडिएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्यस्थल बनेको छ।

तीन घण्टा उकालो पैदल हिँडेर यहाँ पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ। गढीमा हाल घुम्न र दर्शन गर्न आउने पर्यटक बढेका छन्। सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलका अनुसार वसन्तपुरबाट ११ किलोमिटर दूरीमा रहेको सो मन्दिरमा हाल ३० मिनेटमा पुग्न सकिन्छ।

सडक सञ्जाल विस्तार भएसँगै यस स्थानमा घुम्न, वनभोज खान आउनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको अध्यक्ष पोखरेलले बताए। माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ।

पाल्पाका तत्कालीन राजा मुकुन्द सेनले अङ्ग्रेजबाट जोगिन बनाएको सो गढी नेपाल-भारतको दृश्यावलोकनको केन्द्र र ऐतिहासिक धार्मिक क्षेत्रका रुपमा विकास हुँदै गएको छ।

यहाँ बर्सेनि रामनवमीमा पूजापाठ गर्ने भक्तालुको घुइँचो लाग्छ। सोमेश्वर कालिका मन्दिर महादेव र कालीको बासस्थान रहेको शक्तिपीठ हो।

भरतपुरबाट ५० किमी दूरीमा पर्ने सोमेश्वरगढीमा माडी नगरपालिकाको सक्रियतामा राष्ट्रियस्तरका मूर्तिकारद्वारा ५० बढी ढुङ्गामा विभिन्न देवदेवीका मूर्ति कुँदिएका छन्। रासस

बुधबार, २ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे