बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन गर्नका लागि ठाकुरबाबा नगरपालिकामा प्रथम ठाकुरबाबा उद्योग, कृषि, पर्यटन प्रविधि तथा सांस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ ।

ठाकुरबाबा उद्योग वाणिज्य सङ्घले महोत्सवको बारेमा जानकारी गराउँदै बर्दिया राष्ट्रिय निकुञ्जलगायत बर्दिया जिल्लाको पर्यटन प्रवर्धनका लागि आगामी माघ १४ गतेबाट महोत्सवको आयोजना गर्न लागिएको बताएको छ ।

सङ्घका अध्यक्ष गणेश कुँवरले ठाकुरबाबा नगरपालिकामा लुम्बिनी प्रदेशमै बढी पर्यटक भित्र्याउन धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने, कृषिमा रहेको व्यापार प्रवर्धन तथा कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने, स्थानीय कलाकारहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखी महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।

महोत्सव अवधिभर आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विशेष सुविधा र प्याकेज दिइने उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष महेन्द्र पङ्गेनीले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्दिया जिल्लामा भित्रिएका पर्यटकहरूका लागि छिट्टै नै आकर्षक प्याकेजहरू सार्वजनिक गर्दैछौँ, आन्तरिक बाह्य र विशेषगरी भारतीय पर्यटक भित्र्याउने योजना छ ।”

महोत्सवका मुख्य आकर्षणहरुमा विद्यालयस्तरीय विज्ञान प्रतियोगिता, कृषि उत्पादन प्रदर्शनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता स्थानीय स्तरमा उत्पादित हस्तकला प्रदर्शनीका साथै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने वरिष्ठ उपाध्यक्ष पङ्गेनीले बताउनुभयो ।

माघ १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा करिब ७० लाख खर्च हुने अनुमान आयोजकको छ । महोत्सवमा १२० वटा स्टल राखिने आयोजकले जनाएको छ ।

मङ्लबार, १ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !