उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समितिसंग भाडा सम्झौता गरी बस्दै आएको ए.सि.एन. ट्राभल्स एण्ड टुर्स प्रा.लि.लाई आफ्नो व्यापार व्यवसाय जारी राख्ने गरी अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलाशले उक्त आदेश दिएको हो । निवेदक ए.सि.एन. ट्राभल्स एण्ड टुर्स प्रा.लि.का तर्फबाट वरिष्ठ अधिवक्ता, रमेश कुमार बस्नेत र बिपक्षी काठमाडौ महानगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता ओम प्रकाश अर्यालले वहस गर्नुभएको थियो ।
मारवाडी सेवा समिति नेपाल बिरुद्ध पशुपति क्षेत्र विकास कोषसमेत भएको रिट निवेदनमा यसै अदालतबाट निवेदकले पशुपति गौशाला धर्मशालामा गरिआएको काम कारवाहिबाट निवेदकलाई नरोक्नु भनि मंसिर १३ गते आदेश भएको र रिट निवेदनमा निवेदकहरुले मारवाडी सेवा समितिसंग सम्झौतागरी भाडामा लिई व्यापार व्यवसाय गरेको भन्ने देखिएकाले सुविधा सन्तुलनका दृष्टिकोणले उक्त रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म व्यापार व्यवसाय गर्ने कार्यमा कुनै अवरोध नगर्नु नगराउनु भनि आदेशमा भनिएको छ । यो आदेश अनुसार ए.सि.एन. ट्राभल्स एण्ड टुर्स प्रा.लि.आफ्नो कामलाई अर्को आदेश नभएसम्म जारी राख्न पाउने भएको छ ।

शुक्रबार, २६ पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !