file photo

अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो क्षेत्रको लागि नीति र बजेटसँगै आजभोलि नै गर्न सकिने काम गर्ने विश्वास दिलाए।

‘जतिबेला हामी सरकारमा छौ, हुन्छौ त्यतिबेला पर्यटन क्षेत्रका समस्याहरुलाई बुझ्ने र समाधान गर्ने सन्दर्भमा केही निर्णयहरु भएका छन्। पर्यटन व्यवसाका सन्दर्भमा एउटा महत्वपूर्ण प्रयोग भइरहेको छ,’ अर्थमन्त्री पौडैलले भने, ‘यस क्षेत्रलाई राम्रोसँग हुर्किने, फूल्ने मौका दिनुपर्छ भन्ने सरकारको बुझाइ हो। त्यसैले यस क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि केही राम्रा कदमहरु चाल्ने छौं। नीति, बजेटको बारेमा कदम चाल्ने छौं र तुरुन्तै गर्न सकिने काम गर्नेछौं।’

अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रको सम्भावनालाई यथार्थमा बदल्नको लागि अब सरकारले पर्यटन व्यवसायीहरुको समग्र समस्याको समाधान गर्ने भन्दै उच्च मनोबलका साथ राष्ट्र निर्माणमा योगदान दिनसक्ने क्षेत्रको रुपमा विकासका पहल गर्ने बताए।

शुक्रबार, २६ पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !