धानले झुल्ने खेत यतिबेला लटररम्म कागती दाना पहेँलै भएका छन्। बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ। घोराही उपमहानगरपालिका-६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिकरुपमा कागतीखेती गरेका छन्।

विष्णुदेवी बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्मको नामको फाम दर्ता गरेर व्यावसायिक कागती खेती गरेको उनले बताए। उनले आफ्नो १२ कट्ठा जमिनमा पाँच वर्षअघि रोपेका सुन कागतीले रोपेको दोस्रो वर्षदेखि फल दिन थालेका छन्।

उनको फार्म रहेको जमिनमा तारजाली लगाएका छन्। बिरुवा र तारबार गर्दा ८ लाख लगानी लागेको बताए। ‘सिँचाइ सुविधा नभएकाले धानखेती गर्न साह्रै गाह्रो भयो, मेहनतअनुसारको उत्पादन भएन, उनले भने, ‘त्यसैले धानखेत मासेर कागती लगाएको हुँ।’

उनको बारीमा अहिले लटरम्म कागती फलेर पाकेका छन्। ‘कागतीलाई बजारको समस्या छैन, समयमा बीउमल नपाइएला कि भन्ने पनि छैन, उनले भने, ‘कम मेहनत र थोरै लगानीमा बजार पनि राम्रो छ।’

उनले दुईसय ६५ कागतीका बोटबाट वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको बताए। बाँकी खेतमा तिहारका लागि रोपेको फूल बिक्री गरेर ७० हजार आम्दानी गरेको उनले बताए। उत्पादन भएको कागती घोराही बजारमा बिक्री हुने गरेको छ। फुटकर किलोमा एकसय रूपैयाँ र थोकमा चार सय रुपैयाँमा पाँच किलो बिक्री हुने गरेको उनले बताए। दैनिक ५० किलो बिक्री गर्ने गरेको उनले बताए।

कागती फलेको समयमा सस्तो मूल्यमा बिक्री गर्नेुपर्ने बाध्यता रहेकाले कागती भण्डारणका लागि चिस्यान केन्द्र भएमा सजिलो हुने उनको भनाइ छ। स्थानीय, प्रदेश सरकारले चिस्यान केन्द्रका लागि सहयोग गर्न पनि आग्रह गरेका छन्। पाकेको कागती लामो समयसम्म घरमा राख्न नसकिने र नजिकमा चिस्यान केन्द्र नहुँदा व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा व्यावसायिक रुपमा कागतीखेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ। कुनैबेला घरायसी प्रयोजनका लागि दुई/चार बोट लगाउनेहरुले अहिले व्यावसायिक रुपमा कागतीखेती गर्न थालेका छन्। तीन वर्षअघि ५० हेक्टर क्षेत्रफलमा कागतीखेती गरिँदै आएको थियो, अहिले २९१ हेक्टरमा कागतीखेती हुने गरेको छ।

ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिकटन कागती उत्पादन भइरहेको छ। सुन कागतीले रोपेको दुइ वर्षभित्रमा आम्दानी दिन थालेपछि व्यावसायिकरुपमा खेती गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए।

बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन्। पछिल्लो समय धेरै किसान व्यावसायिक कागती खेतीमा लागेको उनी बताउँछन्।

सूचना अधिकारी लामिछानेले भने, ‘अन्य बालीको तुलनामा कम लगानी र मेहनतबाटै राम्रो आम्दानी लिन सकिने र बिक्रीका लागि बजारको पनि समस्या नहुँदा धेरै जना किसान कागतीखेतीप्रति आकर्षण बढेको छ।’ रासस

शुक्रबार, १२ पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे