बाजुराको उच्च हिमाली क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात सुरु भएको छ । सोमबार साँझदेखि सुरु भएको बदली आज बिहानै देखि वर्षा सँगै हिमपातमा परिणत भएको हो ।

मङ्गलवार बिहानसम्म जिल्लाको हिमाली क्षेत्र र ९ ओटै स्थानीय पालिकाका उच्च लेकाली भेगमा हिउँ जम्न सुरु भैसकेको छ।

वर्षा सँगै हिमपात सुरु भएपछि स्थानीय कृषक भने बाली राम्रो हुने भन्दै उत्साहित भएका छन् भने चिसोले जनजीवन भने निकै प्रभावित भएको छ। हिमपातले गहुँ, जौ ,उवा र हिउँदे तरकारी खेती राम्रो हुने किसानले विश्वास लिएका छन्।

हिमपातले बडिमालिका नगरपालिका वडा नम्बर-७ मा अवस्थित रेडियो नेपालको कालाजग्रा रिले स्टेसन समेत प्रभावित भएको छ। अहिले रिले स्टेसन रहेको क्षेत्रमा हिमपात भए सँगै चिसो अत्यधिक मात्रामा बढेको छ।

मङ्लबार, ९ पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !