file photo

चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कामको खोजीमा ३ लाख १७ हजार युवा बिदेसिएका छन्। यीमध्ये मंसिरमा ८३ हजार ९ सय ३३ जना युवा कामको खोजीमा ९६ देश पुगेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए। उनका एक महिनामा यति धेरै युवाले कामको खोजीमा देश छाडेको पहिलोपटक हो।

वैदेशिक रोजगारीको इतिहासमा गत आर्थिक वर्षको भदौमा सबैभन्दा बढी ७६ हजार ४ सय ३ कामदार बाहिरिएका थिए। मंसिरमा व्यक्तिगत र संस्था गरी ७० हजार ५ सय पुरुष र १३ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर ९६ देश पुगेका छन्। गत वर्षको मंसिरमा ७१ हजार २७६ जना वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको तुलनामा यस १२ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका हुन्।

चालु आवको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३४ र कात्तिकमा ७० हजार ९ सय ९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये ८५ प्रतिशतभन्दा बढी खाडीका देश गएको विभागको तथ्यांक छ।

चालु आवको मंसिरसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३ लाख १७ हजार पुगेको छ। गत आर्थिक वर्षको पाँच महिनामा २ लाख ७८ हजार युवा वैदेशिक रोजगारीमा गएका थिए। उनले भने, ‘मंसिरमा सबैभन्दा बढी नेपाली कामदार कामको खोजीमा बिदेसिएका छन्। मंसिरमा नयाँको तुलनामा पुनः श्रम स्वीकृति लिएर जाने सबैभन्दा बढी छन्।’ दसैँ, तिहार र छठ पर्वमा आएका धेरै कामदारले पुनः श्रम स्वीकृति लिने संख्या बढेको उनले बताए।

गत आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ। चालु आर्थिकमा करिब आठ लाख वैदेशिक रोजगारीमा जाने विभागको अनुमान छ।

चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको तुलना यस अवधिमा ९.१ प्रतिशतको वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ। गत वर्षको पहिलो चौमासमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो।

नेपाली कामदार ठूलो संख्या मलेसिया, साउदी, यूएई र कतारजस्ता देश गइरहेका छन्। यिनै देशबाट ७० प्रतिशतभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको वैदेशिक रोजगा विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले जानकारी दिए। ‘दैनिक ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिए पनि यसको सदुपयोग नभएको देखिन्छ। योभन्दा बढी पनि रेमिट्यान्स भित्राउन सकिन्छ। हुन्डी कारोबार रोक्न सके रेमिट्यान्स दैनिक ६ देखि ७ अर्ब भित्रिन सक्छ,’ उनले भने।

आइतवार, ७ पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा