लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ । ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ मङ्गलबार बाँकेको खजुरामा औपचारिक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विषादी सचेतना अभियान सञ्चालन गरेको कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यमनारायण देवकोटाले जानकारी दिए ।

‘बढ्दो रासायनिक विषादीको प्रयोग, यसबाट मानव स्वास्थ्यमा हुने गम्भीर जोखिमलाई न्यूनीकरण गर्दै रासायनिक विषादीको विकल्पसहितको सचेतना कार्यक्रम सुरु गरेका छौँ’, देवकोटाले भने, ‘कसैले जानेर त कसैले अन्जानमा विषादीको प्रयोग गरिरहेका छन्, सुरक्षित विषादीको प्रयोग कसरी गर्ने र यसको जोखिमबाट कसरी बच्ने भन्ने विषयमा यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।’

बाँकेबाट यो कार्यक्रमको औपचारिक रूपमा सुरुआत गरिएको र हरेक जिल्लामा सम्बन्धित सरोकारवाला कार्यालयबाट वर्षैभर यो कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । अभियानअन्तर्गत हरेक सरोकारवालासँग भेटघाट, छलफल, विद्यालयका विद्यार्थीमार्फत सचेतना कार्यक्रमलगायत गतिविधि गरेर व्यापक जनचेतना फैलाइने जनाइएको छ।

विषादीको बढ्दो अनुचित प्रयोग कम गराउने, कृषि उपज उत्पादकलाई विषादीको नकारात्मक असरबारे जानकारी गराउने र सुरक्षित राख्ने, तरकारी तथा फलफूल उपभोक्ताको सुरक्षा गर्ने, किसानको अनावश्यक आर्थिक नोक्सानी हुन नदिने, विषादी प्रयोगकर्तालाई सबैको स्वास्थ्यप्रति संवेदनशील हुन सचेत गराउने, सुरक्षित विषादीको प्रयोगसम्बन्धी जनचेतना फैलाइ स्वस्थ बाली उत्पादनको सन्देश प्रवाह गर्नेलगायत कार्यक्रमको उद्देश्य रहेको महानिर्देशक देवकोटाले बताए ।

कृषि विकास निर्देशनालय लुम्बिनीका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले लुम्बिनी प्रदेशमा हरेक वर्ष विषादीको आयात बढेको र अत्यधिक प्रयोग हुने गरेको बताए । विषादीको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान नहुनु, जानकार किसान लापरबाही हुनु, वैकल्पिक विधिका बारेमा ज्ञान नहुनु, भारतीय विषादी र बीउविजनको बढी विश्वास गर्नु, सबै विषादीलाई मिसाएर प्रयोग गर्नु, पर्खनुपर्ने अवधिबारे प्रायः किसानलाई जानकारी नहुनु, रासायनिक विषादीको विकल्प सहज रूपमा उपलब्ध नहुनुलगायत कारणबाट प्रयोगकर्ता विषाक्त हुँदै गएको उनको भनाइ छ ।

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराका निमित्त प्रमुख श्रीधर ज्ञवालीले रासायनिक विषादीलाई नियन्त्रण गर्न किसानलाई तालिम दिँदा रासायनिक विषादीको कम प्रयोग र मानव शरीरलाई असर नपुग्ने गरी चेतना जगाउने किसिमको तालिम सञ्चालन गरिरहेको जानकारी दिए । हरेक किसान र उपभोक्ताको पहुँचमा पुगेर यससम्बन्धी जनचेतना प्रदान गरी उनीहरूलाई सचेत बनाउनुपर्ने उनले बताए । बाली संरक्षण प्रयोगशाला, कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, बिउविजन प्रयोगशाला, मल तथा माटो परीक्षण प्रयोगशाला र कृषि ज्ञान केन्द्र बाँकेको संयुक्त आयोजनामा विषादी सचेतना अभियानको शुभारम्भ गरिएको थियो ।

बुधबार, १९ मंसिर, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे