बागलुङको निसीखोला-४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्थे । तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोडेका छन् । मकै फल्ने बारीमै लगाइने फापर आयातीत खाद्यान्न प्रयोग बढ्दै गएपछि खेती हुन छोडेको हो । गाउँको पाखो बारीमै फलाउन सकिने भए पनि खनजोत गर्ने खेतालाको अभाव हुँदै गएपछि उनले फापरखेती गर्न छोडेका हुन् ।

अचेल गाउँमै बसेर रैथाने बालीको खेती गर्ने किसानको सङ्ख्या निकै कम छ । उन्नत जातका बीउबिजन प्रयोग गरेर खेतीपाती गर्न थालेपछी परम्परागत खेती प्रणाली फेरिनाका साथै रैथाने बाली लोप हुन थालेको उनको भनाइ छ ।

पहिले बारीमा फापर नलगाउने कोही नहुने भन्दै अहिले गाउँमै कसैले पनि यसको खेती नगर्ने बताए। पहिले चामल ल्याउनका लागि हप्तादिन लगाएर बुटवल पुग्नुपर्ने हुँदा गाउँमै फापर उत्पादन गर्ने गरेको भन्दै अहिले घरघरै दोकान खुलेपनि रैथाने बाली उत्पादन गर्न छोडेको उनले बताए।

उनले भने, ‘पहिले गाउँमा दुःख थियो, एक छाक खानका लागि धेरै काम गर्नु पथ्र्यो, बारीमा फापर, कोदो र मकैबाहेक अरू फल्दैनथ्यो, अहिलेको जस्तो चामल नपाएपछि आँटो, ढिँडो र रोटी नै खानुको विकल्प थिएन, त्यही भएर खेती किसानी गर्न मान्छेहरू बाध्य थिए, अहिले अलिअलि पैसा कमाउने भएर गाउँ घरैमै चामलाका बोरा आउन थालेपछी कोदो, फापरखेती किन गरून् ?’

व्यावसायिक रुपमा फापरखेतीप्रति किसानको आकर्षण हुन घट्दै गएपछि लोपन्मुख अवस्थामा पुगेको छ । फापरका परिकार उच्च रक्तचाप र सुगर (मधुमेह)का बिरामीका लागि उत्तम मानिने हुँदा बजारमा माग भने बढ्दो छ । बागलुङको निसेलढोर, उत्तरगङ्गा क्षेत्र, भल्कोट, खुङ्खा, तमान, स्याउला, हिल, तारा, बोबाङलगायत उच्च क्षेत्रमा कोदोखेती गरिन्थ्यो । तमानखोला गाउँपालिका–२ का भक्तबहादुर सिर्पालीले पाँच वर्ष अगाडिसम्म आफूले करिब सात रोपनी जग्गामा फापरखेती गरे पनि अहिले छोडेको बताए।

‘हाम्रो बाउबाजेले फापरको आँटो, ढिँडो र रोटी खायो भने तागत दिन्छ भन्थे, चामल कमै हुने हुँदा भात दसैँ, तिहार र अरू चाडपर्वमा खाने गथ्र्यौं, अहिले ढिँडो खानलाई फापर र कोदोखेती हुन छोड्यो, बजारबाट चामल लिएर दिनकै भात खानुपर्छ’, सिर्पालीले भने, ‘पहिले गाउँमा भात खाने उही धेरै खेत हुने हुन्थे, हामी त गाउँमा माथिपट्टि बस्ने कोदो र फापरखेती गरेर आँटो ढिँडो खान्थ्यौँ ।’

बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए। हरेक वर्ष बागलुङमा एक सय २० मेट्रिक टन फापर उत्पादन हुने उनको भनाइ छ ।

बुधबार, १२ मंसिर, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे