file photo

सरकारले दाल तथा गेडागुडी आयात गर्दा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर घटाएको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा गरेका थिए । मन्त्रिपरिषद् निर्णयमार्फत त्यसलाई घटाएर सरकारले त्यसलाई साढे २ प्रतिशतमा झारेको हो ।

दाल तथा गेडागुडी आयातमा विगतदेखि नै १० प्रतिशत भन्सार दरबन्दी लाग्दै आएको छ । त्यसमा १० प्रतिशत अग्रिम आयकर थपिँदा उपभोक्ताको भान्सामा प्रयोग हुने दालको मूल्य बढेको थियो । यसरी तिरेको आयकर अर्को वर्ष समायोजन गर्न नमिल्ने भएकाले यो एक हिसाबले भन्सारकै अर्को रूप भएको बताइएको छ ।

१० प्रतिशत अग्रिम आयकर लिने व्यवस्थाको दाल उद्योगीले विरोध गर्दै आएका थिए । यो व्यवस्थाले ३५ अर्ब लगानी भएको यो उद्योग संकटमा पर्ने जोखिम रहेको उनीहरूले बताउने गरेका थिए ।

सरकारले उद्योगीको माग सम्बोधन गर्दै अग्रिम आयकर घटाउने निर्णय गरेको हो । सरकारले घटाएको अग्रिम आयकर आइतबारबाट कार्यान्वयनमा गइसकेको भन्सार विभागले जनाएको छ ।

मङ्लबार, ११ मंसिर, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे