file photo

कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि हन्टिङ)लाई महोत्सवका रुपमा गरिने भएको छ।

अन्नपूर्ण गाउँपालिका प्रवर्द्धक रहेको हनि हन्टिङ महोत्सव यही मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ।

पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको लान्द्रुकको महभिरमा एक सय वर्षअघिदेखि परम्परागत रुपमा मह काढ्दै आइए पनि पछिल्लो समय पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव गर्दै आएको महोत्सव आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए।

लान्द्रुकस्थित मोदी खोलाको किनारस्थित कोटेसाङ भिरमा मौरीका घार रहेका छन्। भिरमा जोखिम मोलेर भिरौटेले काढेर ल्याएको प्राकृतिक मह स्वास्थ्यप्रद्र्धक समेत मानिन्छ।

‘हनि हन्टिङको ऐतिहासिक र सांस्कृतिक महत्वको बारेमा जानकारी गराउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नेछौँ। महभिरमा गएर मह काढ्ने, मह निकाल्ने र प्रदर्शन तथा बिक्री वितरणले गाउँको पर्यटन विकास हुने अपेक्षा छ’, अध्यक्ष गुरुङले भने।

कोटेसाङ भिरमा ६० मौरी घार छन्। भिरमौरीको मह प्रतिलिटर तीन हजार रुपैयाँमा बिक्री हुने गरेकाले स्थानीयको आम्दानी पनि राम्रो हुने अध्यक्ष गुरुङले बताए। मह काढेको अवलोकनका लागि आएका विदेशी पर्यटक भिर मह काढेको देखेर खुसी हुने र पर्यटकको बसाइँसमेत लम्बिएको स्थानीको भनाइ छ।

लान्द्रुक मर्दी हिमाल आधार शिविर र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार हो। यहाँबाट पुन हिलसमेत जान सकिन्छ। पर्यटकीयस्थलमा आयोजना हुने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षणसँगै पर्यटन विकासमा मद्दत पुग्ने विश्वास गरिएको सोही वडाका वडाध्यक्ष भरतमान गुरुङले बताए। रासस

मङ्लबार, ११ मंसिर, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !