file photo

लुम्बिनीमा पाल थुप्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) निर्माण गरिएको छ ।

कानिङ सेडुप लिङ गुम्बा सङ्गठन तथा विकास कोष परिवारद्वारा निर्मित उक्त गुम्बाको आज एक समारोहकाबीच बौद्ध गुरु छोकी निमा रिन्पोछे र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले उद्घाटन गरे।

बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताको सहयोगबाट हजारबुद्ध महाविहार निर्माण भएको जानकारी दिए। उनले बुद्धको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा खुसी लागेको बताए । कोषका उपाध्यक्ष लामाले उक्त गुम्बा निर्माणले बुद्ध दर्शनको प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनीमा बिहार निर्माणले बौद्ध पर्यटनमा टेवा पुग्ने बताए । विहार उद्घाटन अघि यही मङ्सिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो।

पुण्य मङ्गल ज्ञान बर्सात नाम शुद्धि स्नानद्धारा प्राणप्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्यमुनी बुद्धको साधना सोह्र स्थविरको स्तुति एवं पुजन गरिएको विहारका प्रमुख तथा रिन्पोछे ग्यालजोनले जानकारी दिए ।

महायानी परम्पराअनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षुभिक्षुणी, उपासक उपासिका, विदेशी पाहुना, स्वदेशी विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

शुक्रबार, ७ मंसिर, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे