file photo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सम्पूर्ण अधिकार कार्यकारीलाई दिएका कारण प्राधिकरणमा उत्पन्न समस्या समाधान गर्न सरकारलाई गाह्रो भइरहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको विद्यायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथिको दफावार छलफलमा मन्त्री खड्काले यस्तो बताएका हुन् । मन्त्री खड्काले सरकारका अंगहरूले गर्ने काममा समस्या आउने भन्दै संसदीय समितिहरू नै प्रभावकारी हुनुपर्ने उल्लेख गरे ।

उनले सरकार सञ्चालन गर्दा पर्नसक्ने असरहरूलाई मध्यनजर गर्दै विधेयकका मस्यौदामाथि छलफल गर्न सांसदहरूलाई आग्रह गरे । समितिमा आउने विधेयकहरु कानुनी हिसाबले न्यायोचित भए कि भएनन् भन्ने विषयमा समेत समितिले छलफल गर्नुपर्ने औंल्याए । कर्मचारीको सरुवा बढुवा गर्ने निश्चित अधिकार कार्यकारीलाई दिई बाँकी कामहरू समितिबाट अनुमोदन गराउने नीति लागु गर्नुपर्नेमा उनले जोड दिए ।

“सरकार सञ्चालन गर्दाखेरि हामीले निर्माण गरेका अंगहरूले गर्ने काम नीतिहरूमाथि पनि बेला बखत समस्याहरू आउने गरेको पाइन्छ । त्यसकारण पनि संसदीय समितिहरू नै प्रभावकारी हुनुपर्दछ । अहिले विद्युत् प्राधिकरणको नियमावली नै रहेनछ । प्राधिकरणको सम्पूर्ण अधिकार कार्यकारी प्रमुखलाई दिइएको रहेछ । यस्ता खालका समस्याहरू सरकारले हेर्नुपर्ने समस्याहरू आइरहेका छन् । त्यसकारण माननीयज्यूहरूलाई म के आग्रह गर्न चाहन्छु भने धेरै विधेयकहरूमा छलफल गर्नुपर्नेछ । पास गर्नुपर्नेछन्,” मन्त्री खड्काले भने ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले संसदीय समितिले गरेका नीतिगत निर्णयहरूको कार्यान्वयन गर्ने निकाय सरकार भएको उल्लेख गर्दै यस कुरामा सबै स्पष्ट हुनुपर्ने बताए । समितिका केही बैठकमा सहभागी भएर समितिको आकारका विषयमा प्रश्न उठाएको भन्दै केही सांसदप्रति असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने, “समितिको विषयमा कुरा उठाउने माननीयज्यू खासै यहाँ उपस्थित हुनु भएन । उहाँहरू हो, समिति सानो भयो, ठूलो भयो भनेर प्रश्न उठाउने । हामी चाहिँ समितिले सरकारले गर्ने काम कारबाहीको नियमन गर्छ भन्ने विषयमा स्पष्ट थियौँ । समितिले नीतिगत निर्णय गर्छ । सरकारले त समितिले दिएका निर्देशनहरू कार्यान्वयन गर्ने हो । यसमा सबै स्पष्ट हुनुपर्दछ ।”

समितिबाट पास भएर जाने विधेयकहरू सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्ने भएकाले विवाद गर्न आवश्यक नभएको सांसद भुसालको भनाइ थियो ।

बुधबार, ५ मंसिर, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे