file photo

रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीयहरू समस्यामा परेका हुन् । रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालका अनुसार केही दिनअघि सबै हवाइजहाज पूर्वी क्षेत्रतर्फ पर्यटक ल्याउन व्यस्त भएका कारण रारा विमानस्थलका उडान प्रभावित भएका छन् ।

कर्णाली राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण भएकाले यहाँका बासिन्दाले हवाई यात्रालाई सहज र सुरक्षित मान्ने गर्दछन् । विकल्पका रूपमा मात्र सतही मार्ग रोज्ने मुगुका नागरिक  कर्णाली राजमार्गमा धेरै पटक दुर्घटना भइसकेकाले गाडीको यात्रा सुरक्षित नभएका कारण  बाध्यताले मात्र यात्रा गर्ने गर्दछन् ।

जिल्लावासीका लागि हवाई सेवा नै सुरक्षित विकल्प बनेको छ । स्थानीयवासीहरूले हवाई कम्पनीलाई रारा विमानस्थलमा नियमित उडान सञ्चालन गर्न आग्रह गरेका छन् । मुगु पर्यटकीय जिल्ला भएकाले दैनिकजसो उडान विगतमा भइरहने भए पनि पछिल्लो समयमा उडान अनियमित हुँदा जिल्ला बाहिर जाने बिरामी, विद्यार्थीलगायत अन्य समस्यामा परेका छन् ।

सबै जहाजहरूले रारामा हप्तामा एउटा दुई वटा उडान भर्दै आएका छन् । नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने प्रायः पर्यटक स्थलमार्गबाट रारा पुग्ने र केही दिन रारा क्षेत्रमा घुमेर हवाइमार्गबाट फर्कने गर्दै आएका थिए । नियमित उडान नहुँदा रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक प्रभावित भएका छन् ।

शुक्रबार, ३० कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे