file photo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्धन नेपाली राजदूतहरूले अग्रसरता लिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७ मुलुकका लागि नव नियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरूसँग आयोजना गरेको अन्तरसंवादमा यस्तो बताएका हुन् ।

उनले राजदूतहरूलाई नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्धन महासंघले सहयोग गर्ने बताए । उनले महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवर्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए ।

उनले महासंघको संयन्त्रलाई भरपूर उपयोग गरी आर्थिक कूटनीति विस्तार गर्न राजदूतहरूलाई आग्रह गरे। उनले राजदूतहरूले वैदेशिक लगानी भित्र्याउन अग्रसरता लिइदिनु पर्ने बताए । उनले नेपालमा लगानीको वातावरण बन्दै गए पनि लगानी प्रोत्साहित हुन नसकेको भन्दै नव नियुक्त राजदूतहरूले आर्थिक कूटनीतिलाई कार्यसम्पादनको मानकका रूपमा मानेर काम गर्नुपर्ने बताए ।

उनले महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवं चेम्बरसँग सहकार्य गरिरहेको बताए। उनले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा राखे । अध्यक्ष ढकालले भने, ‘नेपालको आर्थिक कूटनीति धेरै मुलुकको प्राथमिकतामा परेको छ । धेरै देशमा राजदूत र महावाणिज्यदूतहरूको काम त्यो मुलुकबाट निर्यात गर्नुपर्ने वा आयात गर्नुपर्ने, उद्योगमा लगानी ल्याउनुपर्ने वा वैदेशिक व्यापार प्रवर्धनको काम गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने र त्यही अनुसार मूल्याङ्कन गर्ने गरेको छ ।’

नेपालले सामना गरिरहेको आर्थिक चुनौतीको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए । ढकालले पछिल्ला दुई वर्षमा विदेशी लगानी वार्षिक ७ देखि ९ अर्ब रुपैयाँमा सीमित भएको बताए । उनले नेपालमा लगानीकर्ता आकर्षित गर्न सकिने बताए ।

बिहिबार, २९ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे