आज ८४ औ गोपाष्टमी महोत्सव मनाईएको छ । काठमाडौको पशुपति गौशाला धर्मशालामा आज ८४ औ गोपाष्टमी महोत्सव भव्य रुपमा मनाईएको हो । मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशालाले महोत्सवको संयुक्त रुपमा आयोजना गरेका हुन् । गौमाता लक्ष्मी अर्थात गाईको संयुक्त पूजा महोत्सवको थालनी ८४ बर्ष अघिदेखि निरन्तर रुपमा गौशाला धर्मशालामा गरीदै आएको पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडियाले जानकारी दिनुभयो ।

मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोद चौधरी अग्रवालले आज देशभर रहेका १५ वटा गौशाला अर्थात ५ सय बढी गाईको संरक्षण गरी पूजा गरीएको बताउनुभयो । आजका दिनमा गाईको छुट्टै महत्व रहेको र गाईको संरक्षणबाटै सम्पुर्ण मानवको संरक्षण र कल्याण हुने पनि बताउनुभयो । उहाँले धर्मशाला मार्फत अहिले पशुपतिनाथ मन्दिरमा दैनिकरुपमा अभिषेककालागि २९ लिटर दूध पठाईने गरीएको भन्दै गाई भगवानको प्रतिक हुन भन्नुभयो । उहाँले धर्मशाला मार्फत आज पनि शरिरको महत्वपूर्ण अंग खुट्टा गुमाएका ११ जनालाई कृतिम खुट्टा प्रदान गरीएको र अहिले सम्म ६ हजार ७ सयलाई कृतिम खुट्टा बितरण गरी सेवा गरेको जानकारी दिनुभयो । मृगौला रोगिको निःशुल्क डायलसिस गरीएको र प्रत्येक दिन झण्डै ९० जनाको डायलसिस भई रहेको जानकारी दिनुभयो ।
पशुपति बिकास कोषका पूर्व सचिव गोबिन्द टण्डनले बर्षेपिच्छे मनाईने गोपाष्टमी महोत्सवले गाई संरक्षणमा योगदान पुगेको बताउनुभयो । उहाँले मारवाडी समूदायले दैवी प्रकोप बाढी पहिरो, आगलागीजस्ता घटनामा घरबार गुमाएका यस्ता धेरै सामाजिक काम गरी रहेको आफूलाई थाह भएको बताउनुभयो ।
पूर्व कोषाध्यक्ष नरोत्तम वैध, मारवाडी युवा मञ्चा अध्यक्ष प्रकाश केजरीवाललगायतले गोपाष्टमी महोत्सव र समाजमा मारवाडी समूदायले विना स्वार्थ काम गरी रहेको बताउनुभयो । प्रत्येक शनिवार निःशुल्क भोजन, भक्तजनहरुलाई निःशुल्क बस्ने व्यवस्था, निःशुल्क स्नानको व्यवस्था, निःशुल्क शव वहानको व्यवस्था, बेवारीसे शवको व्यवस्थापन लगायतका सेवा पनि मारवाडी समूदायले गर्दे आएको छ । कार्यक्रममा गाई अर्थात गौमाताको पूजाआजा गरी मिष्ठान्न परिकार खान दिइएको थियो ।

शनिबार, २४ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे