Trending
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपालीहरूको आफ्नै संवत् भएको बताएका छन् । शनिबार ११४५औँ नेपाल संवत्को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरुबाट उब्जिएको संवत् नेपाल संवत् भएको उल्लेख गरे । उपत्यकाको नेवार सभ्यता र संस्कृति दुनियाँका लागि असाधारण र अनुपम रहेको उनको भनाइ थियो । नेपाली संस्कृति, परिकार, वाद्यवादनको कुरा गर्दा सबैभन्दा पहिला नेवारी संस्कृतिको उल्लेख हुने गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल भाषालाई ऐच्छिक भाषामा राख्ने निर्णय मन्त्रिपरिषद्बाट गर्नेगरी छलफल अघि बढाउने बताए ।