file photo

पर्यटकीय मौसम शुरु भएसँगै विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको थ्रोङ्ला पास नाकासम्म पुग्ने पदमार्गको फोहोर व्यवस्थापन गरिएको छ।

समुद्री सतहबाट पाँच हजार चार सयभन्दा बढीको उचाइमा रहेको थोरङला पासमा विश्वभरबाट बर्सेनी हजारौँ पर्यटक नेपाल आउने गरेका छन्। मनाङ हुँदै मुस्ताङ जिल्लामा निस्किने अन्नपूर्ण सर्किटमा पर्ने चक्रीय पदमार्गमा पर्यटकको चाप बढ्न थालेपछि फोहोर व्यवस्थापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा ४५ जनाको उपस्थितिमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-२ फेदी हुँदै थ्रोङ्ला पास नाका जाने मार्गमा सरसफाइ गरिएको हो। सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङलगायत पनि उपस्थित थिए।

सरसफाइको क्रममा सबैभन्दा बढी पानीको बोतल, क्यान, बिस्कुट, लगायतका ड्राइ फ्रुट्स प्याक गरेका प्लाष्टिक धेरै मात्रामा भेटिएका छन्। करिब ३० बोरा फोहोर सङ्लन भएकोमा जलाउन मिल्ने फोहोर त्यहीँ नष्ट गरिएको तथा सिसा र बोतल खाडल खनेर गाडिएको प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले बताए।

‘बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष सहित वडाध्यक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधि प्रहरी लगायत गरी ४५ जनाको टोलीले सफा गरेको हो’, उनले भने, ‘पर्यटकीय मौसम शुरु हुने बेलामा यो सरसफाइ कार्यक्रमले विदेशी पाहुनामार्फत विश्वभर सकारात्मक सन्देश लैजान सहयोग मिल्छ।’

कार्यक्रममा सहभागी बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका-१ का वडाध्यक्ष प्रमेश गुरुङले वडाबाट पैदल यात्रा गरेर करिब ५-६ घण्टा लाग्ने ठाउँसम्म पुगेर फोहोर उठाएको बताए। चिसो मौसम आइसकेको र अबका दिनमा सरसफाइमा जान कठिन हुने तर पर्यटकको चाप बढ्ने भएकाले यही वेला पदमार्गको सरसफाइ उपयुक्त हुने उनको भनाइ छ।

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ। गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्कीसमेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्ला साहसिक गन्तव्यको रूपमा परिचित छ।

बिहिबार, ८ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !