ललितपुरको नक्खुखोला किनारमा बस्दै आएका बाढीपीडितलाई आज राहतसहितको सहयोग प्रदान गरीएको छ । मारवाडी सेवा समिति नेपाल, मारवाडी युवा मञ्च, मारवाडी महिला मञ्च र श्री पशुपाति गौशाला धर्मशालाले खाद्यान्न, चामल, दाल, नुन, तेल, चिउरा, चिनी, कपडा, कम्बल, मेट्रेस र बालबालिकालाई आवश्यक सामाग्री प्रदान गरेको मारवाडी युवा मञ्चका अध्यक्ष प्रकाश केजरीवालले बताए । गत असोज ११ र १२ गते आएको बाढीले त्यस क्षेत्रका सबै घर डुबानमा परेपछि बाढीपीडितहरु स्थानीय बिद्यालय र आफन्तकोमा आश्रय लिएर बसिरहेकाछन् । बाढीले टीनले बारेका टहरा बस्न नहुने बनाएको छ भने अधिकांशका टहरा बगाएको छ । बाढीले बालबालिका, महिला र ज्येष्ठ नागरिक समस्यामा पर्दे आएकाछन् । बाढीले भएको सबै अन्नपात र लत्ताकपडा बगाएपछि र पुरेपछि आफूहरुको बिचल्नी भएको ङिमा ल्हामु भोटेले बताए । उनीहरु बस्दै आएको ठाउँ बाढीले खण्डहर बनाई दिएको छ । पहिलेको ठाउँमा बस्ने अवस्था नभएको र तत्काल घर टहरा बनाउन पनि सक्ने अवस्था नभएको पीडितहरुले बताएकाछन् । संखुवासभाको भोटखोला गाउँपालिकाबाट ललितपुर–२५ फुलबारीस्थित नक्खु खोला किनारमा बस्दै आएका बाढीपीडित भोटेसमूदायलाई दसैंको मुखमा आएको बाढीले घरबारबिहिन र उठिबास बनाएपछि उनीहरुको दसै पनि यस पटक खल्लो हुने भएको छ । दसैंको मुखमा खाद्यान्न अभाव हुँदा मारवाडी सेवा समितिलगायतले गरेको सहयोगपछि उनीहरु खुशी भएकाछन् ।

मारवाडी सेवा समितिले यस अघि पनि बाढीपीडतलाई खाद्यान्न, लत्ताकपडालगायतका सामाग्री सहयोग गर्दे आएको मारवाडी युवा मञ्चका महासचिव रितेश जाजोदियाले बताए । समितिले सयुक्त रुपमा काभ्रेलगायतका स्थानका बाढीपडितलाई पनि सहयोग गर्दे आएको छ ।

शनिबार, १९ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो