भारतका अनुभवी पर्वतारोही अर्जुन वाजपेईले शिशापाङ्मा हिमालकमो आरोहण गर्ने भएका छन् । उनले चीनमा रहेको शिशापाङ्मा हिमाल आरोहणका लागि त्यसतर्फ गएको जानकारी दिएकाछन् ।

शिशापाङ्मा हिमाल विश्वको चौधौ अग्लो हिमाल हो । उक्त हिमालको सफल आरोहणसँगै विश्वका आठ हजार मिटर अग्ला ८ वटा हिमालको आरोहण गर्ने उनी भारतको पहिलो आरोही हुनेछन् ।

उनले शिशापाङ्मा हिमाल सेभेन समिट ट्रेक कम्पनीबाट आरोहण गर्न लागेका हुन् । अलिहेसम्म उन्ले सगरमाथा, ल्होत्से, मनास्लु, मकालु, चोयु, कञ्चनजङ्घा, अन्नपूर्ण गरी विश्वका आठ हजार मिटर अग्ला ७ वटा हिमालको सफलतापूर्वक आरोहण गरिसकेका छन् । १६ वटा एक्स्पडिशन गर्ने उनी एक मात्र भारतीय नागरिक हुन् ।

अर्जुन शिशापाङ्मा हिमालको सफल आरोहणसँगै भारतका लागि इतिहास रच्ने तयारीमा छन् । उन्ले यसअघि नै सबैभन्दा कान्छो आरोहीको रूपमा दुई वटा आठ हजार मिटर अग्ला हिमालको सफलतापूर्वक आरोहण गरी गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका थिए ।

सन् २०१० मा १६ वर्ष ११ महिना १८ दिनको उमेरमा उनले सगरमाथा र २०११ मा १७ वर्षको उमेरमा ल्होत्से हिमालको आरोहण गरेका थिए । उन्को लक्ष्य विश्वका आठ हजार मिटर अग्ला १४ वाटै शिखरमा आरोहण गर्ने पहिलो भारतीय बन्ने रहेको छ । उन्ले सगरमाथा २०१०, ल्होत्से २०११,मनास्लु २०११, मकालु २०१६, चोयु २०१६,कञ्चनजङ्घा २०१८ र अन्नपूर्णको २०२३ मा सफल आरोहण गरी सकेकाछन् ।

मङ्लबार, १५ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान