सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो ।
सोमबार साँझ बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ ।