पर्यटन विभागले अविरल वर्षाको कारण विपदमा परेका पर्यटकको उद्धार, खोजी र राहत कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। विभागका महानिर्देशक डा.नारायणप्रसाद रेग्मीको संयोजकत्वमा आइतबार बसेको पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठकले उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकले विशेष गरी उद्धार उडानको अनुमति प्राप्त गर्ने प्रक्रियामा लामो समय लाग्ने समस्या रहेको उल्लेख गर्दै, यसलाई छोट्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ । साथै, निषेधित क्षेत्रको पुनरावलोकन गर्न पनि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

विपदमा परेका पर्यटकको तत्काल उद्धार गर्न स्थानीय सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका छाता सङ्गठनलाई समन्वय गर्न आग्रह गरिएको विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार उद्धार गरिएका पर्यटकको उपचारमा सहजीकरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धारको पर्खाइमा रहेका पर्यटकको हवाई उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर उडान अनुमति तुरुन्तै दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपाल पर्वतारोहण संघको नेतृत्वमा यी क्षेत्रमा रहेका पर्यटकको तत्काल अनुगमन गर्न टोली खटाउने निर्णय पनि गरिएको निर्देशक गुरुङले बताए ।

सोमवार, १४ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा