तुलसीपुर उपमहानगरपालिका-१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ। बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो।

वरिपरि ताल र बीचमा मन्दिर निर्माण गरिएको छ। जहाँ कुनै समय सातवटा ताल थिए। तर अहिले ती सबै ताललाई एउटै बनाइएको छ। करिब आठ बिघा क्षेत्रमा फैलिएका उक्त तालको अवलोकन गर्न आउनेको अवस्था भने न्यून रहेको स्थानीयवासी रमेश बुढाथोकीले बताए।

‘यही बाटो हुँदै हिँड्नेहरू केही तस्वीर खिच्ने अड्न्छिन्’, उनले भने, ‘तर अवलोकन नै गर्ने भनेर आउनेहरू विरलै हुन्छन्।’

दाङमा नै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको उक्त ताललाई प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ।

तुलसीपुर बजारबाट नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच भएकाले पर्यटनको आकर्षणको मुख्य केन्द्र बन्न सक्ने उनले बताए। ‘विकट क्षेत्रका स-साना ताल पनि पर्यटनको केन्द्र बनेका छन्’, उनले भने, ‘बजार क्षेत्रमा रहेको यति ठूलो ताल ओझेलमा परेको छ।’

तालको बीचमा करिब एक करोडको लागतमा शिवमन्दिर निर्माण गरिएको छ। तुलसीपुर-१० गौरीगाउँका चारटोलको बीचमा पर्ने उक्त तालको मन्दिरमा पाँचवटा मूर्ति राखिएको छ। शिव, गणेश, सूर्य, देवी, विष्णु गरी पाँचवटा मूर्ति राखिएको छ। साथै मन्दिरमा पुग्न करिब ४५ मिटरको पुल पनि निर्माण भएको छ।

वर्षायाममा परेको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वर्षैभरि रहिरहने गर्छ। तालमा माछापालन पनि गर्ने गरिएको छ। रासस

सोमवार, १४ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !