पनौती घुम्न आउने पर्यटकलाई निःशुल्क ‘सम्पदा-पासपोर्ट’ (अनुमतिपत्र) प्रदान गर्न थालिएको छ। पनौती पर्यटन विकास केन्द्रले विश्व पर्यटन दिवसको अवसर पारेर यहाँ आउने पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्न थालेको हो।

केन्द्रले पनौतीका महत्वपूर्ण धार्मिक, ऐतिहासिक महत्वका क्षेत्र, विभिन्न जात्रा तथा पर्व, सम्पदा, पदमार्ग नक्सासहितको पासपोर्टको सुरुवात गरेको केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले जानकारी दिए। उनका अनुसार पर्यटकको सहजता र पनौतीको सम्पदाको जीवन्तताका लागि पासपोर्ट महत्वपूर्ण हुनेछ।

हाल सम्पदा क्षेत्रमा रंगरोगन, पर्यटकको आवागमनका लागि निःशुल्क सवारीसाधनको व्यवस्थापन तथा सञ्चालन, स्थानीयलाई सुकुल (गुन्द्री) बनाउने तालिमलगायत कार्यक्रम सञ्चालन गरी स्थानीयलाई स्वरोजगारका अवसर सिर्जना गर्न थालिएको कर्माचार्यले बताए।

पनौतीका महत्वपूर्ण क्षेत्रको भ्रमणमा सहयोग पुर्‍याउने उद्देश्यले ‘क्युआरकोड’सहितको पासपोर्ट सञ्चालनमा ल्याएको बताउँदै अध्यक्ष कर्माचार्यले पासपोर्टमा यस क्षेत्रको संक्षिप्त विवरणसहित धामिर्क तथा ऐतिहासिक महत्व, जात्रा, पर्वलगायत विविधताका बारेमा उल्लेख गरिएको जानकारी दिए। युनेस्कोद्वारा २५ वर्षअघि यस क्षेत्रलाई ऐतिहासिक क्षेत्रका रुपमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ।

पनौती-५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा छन्। फ्रान्स सरकारको सहयोगमा विसं २०४८ देखि विसं २०५५ सम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो। पनौती संघीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटरको दुरीमा तथा व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ।

केन्द्रले नयाँ पर्यटकको स्वागत गर्न एवं मायाको चिनोका रुपमा पासपोर्ट दिने व्यवस्था गरिएको जनाएको छ। विश्व सम्पदामा सूचीकृत गर्न प्रास्तावित पनौती सहरलाई विश्वजगत्मा चिनाउन ‘पनौती हेरिटेज पासपोर्ट’ले सहयोग पुर्‍याउने विश्वास लिइएको छ। रासस

आइतवार, १३ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे