सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ। उद्धार हुनेमा सिङ्गापुरका नागरिक ७४ वर्षीय लिन चुन हेङ, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–७ का ४५ वर्षीय कृष्णराज गुरुङ, सुनसरीको धरान उपमहानगरपालिका–११ का ६४ वर्षीय भीमबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ का २२ वर्षीय विपन तामाङ रहेका छन्।

शुक्रबार ती पर्यटकहरू सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्बिलामा बाटो भुली अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार उनीहरूको उद्धारका लागि प्रहरी र स्थानीय परिचालन भएका थिए।

“भारी हिमपातका कारण करिब २ घण्टा तलको पैदल दूरीसम्म हिउँले बाटो पुरिएपछि उनीहरू अलपत्र परेका थिए, प्रहरीसहित पुगेको स्थानीयको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थान लबुचेमा ल्याएको छ”, प्रहरी नायब उपरीक्षक घिमिरेले भने। स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरूलाई लबुचेस्थित होटलमा राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

 

शनिबार, १२ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !