निर्माण सम्झौताको करिब १० वर्षपछि सुस्तामा झोलुंगे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा बनेको नेपालकै लामो यो पुल असोज १० गते (भोलि) राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन् ।

पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ । नारायणी नदीमा १५५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुसी छन् ।

‘यो पुल हाम्रा लागि लाइफलाइन हो र निर्माण ढिलो भएपनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । अब बाध्यताबाट हामी मुक्त भएका छौं’, सुस्ताका रवीन्द्र जयसवालले भने ।

२०७० सालमा सम्झौता भएको यो झोलुंगे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो ।

स्थानीय जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद देवकरण कलवारले पुलको काम अघि बढाउन ठेकेदार कम्पनीलाई दबाब दिएका थिए । पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो ।

यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए । उनले शहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए ।

सांसद चौधरीले सुस्ता पुलले नेपाली भूमि जोड्ने काम गर्नुका यहाँका नागरिकको दैनिकीमा पनि ठूलो प्रभाव पार्ने बताए ।

‘आफ्नै भूमिभित्र जान पनि अर्को देशको बाटो भएर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ । यो अत्यन्तै पीडादायी अवस्था थियो नवलपरासी सुस्ताको,’ उनले भने, ‘लामो समयसम्म पुल निर्माण कार्य सम्पन्न भएन । ढिलै भएपनि पुल निर्माण सम्पन्न भएको छ । अब यसले यो क्षेत्रका नागरिकको जीवनमा त खुसी ल्याउँछ नै, यो क्षेत्रकै आकर्षक पर्यटकीय गन्तब्य बन्नेछ ।’

उनले यो पुलले सुस्ताको भूगोल मात्रै नजोडी यहाँका नागरिकको भावनालाई पनि जोडेको बताए ।

नारायणी नदिमा पुल बनेपछि सुस्तापारी पहिलो पटक बिजुलीसमेत पुगेको छ । करिब ३५० घरधुरी रहेको सुस्तापारी पुलकै बाटो भएर बिजुली लगिएको हो । झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना हुने गरी दायाँ-बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा बिजुली पुर्‍याइएको हो ।

सांसद चौधरीले निर्वाचित भएलगत्तै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सुस्ताम विद्युतीकरणका लागि पहल गरेका थिए । यसैबीच सांसद चौधरीले सुस्तापारीका बासिन्दालाई सहुलीयतमा बिलुली उपलब्ध गराउन ऊर्जा मन्त्रालय र प्राधिकरणसँग लिखित आग्रह गरेका छन् ।

‘हाम्रो पहिलो प्राथमिकतामा सुस्तालाई पुलले जोड्ने र त्यहि पुलबाट विजुली लैजाने प्रबन्ध गर्ने थियो । यो दुबै काम एकैपटक सम्पन्न भएको छ । अब सरकारले यहाँका नागरिकलाई सहुलीयतको बिजुली उपलब्ध गराउनुपर्छ, त्यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण रुपमा पहल भइरहेको छ । यसमा पनि सकारात्मक परिणाम आउने विश्वास छ,’ उनले भने । सुस्ता पुलले यहाँको पर्यटन विकासमा ठूलो योगदान पुग्ने स्थानीयको विश्वास छ ।

बुधबार, ९ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !