सिमकोट गाउँपालिका-७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ।

विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पुर्‍याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए। खार्पुदोभानमा एक महिना रोकिएको तीन सय पाँच क्विन्टलको ट्रान्समिटर शनिबार जिल्ला प्रहरी कार्यालय र खार्पु दोजाम प्रहरीचौकी प्रहरीको सहयोगमा पुल तारेर सिमकोट ल्याइएको उनले बताए।

नेपाल विद्युत् प्राधिकरण हुम्लाले ट्रान्समिटर राख्नका लागि दुईवटा विद्युत् पोल पनि उपलब्ध गराएको छ। सुर्खेतबाट सिमकोट हुँदै पातिहाल्नसम्मको ढुवानी उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले बहोर्ने अध्यक्ष भण्डारीले बताए।

ट्रान्समिटरसहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा त्यहाँ पुगेका छन्।

उक्त स्थानमा रहेको टावरले नाम्खाका तीनवटा वडा र सिमकोटका दुई वडामा सेवा प्रवाह गरिरहेको छ।

नाम्खा गाउँपालिकाका-१, २, ३ र सिमकोट गाउँपालिका-७, ८ नं वडाका नागरिकले टेलिफोन सेवाको उपभोग गर्दै आएका छन्। यस क्षेत्रमा जडान गरिएका जस्तापाता पुराना भएर काम नगर्दा नागरिकले गुणस्तरीय टेलिफोन सेवा पाएका थिएनन्।

घाम लागेको समयमा काम गरे पनि अन्य समयमा भने सेवा अवरुद्ध हुँदै आएको थियो। रासस

मङ्लबार, ८ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान