यस वर्षको मनसुन लम्बिने देखिएको छ । मनसुन लम्बिने भएसँगै यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । नेपालमा यो वर्ष मनसुन शुरु हुँदा मौसमविदहरूले सेप्टेम्बर २३ अर्थात् असोज ७ गते मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए ।

तर पछि फेरि मौसमविद्हरूले अक्टोबर २ अर्थात् असोज १६ गते मनसुन बाहिरिन सक्ने अनुमान गरे । जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले यसपालिको मनसुन केही दिन लम्बिने बताएकी छन् । मनसुन सकिने बेलामा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सर्ने क्रममा भारतको बिहार नजिकै आइपुग्नेछ ।

बिस्तारै मनसुन बाहिरिने भएकाले अक्टोबर २ अर्थात् घटस्थापनाको अघिल्लो दिनसम्म नेपालबाट मनसुन बाहिरिन्छ । त्यस अवधिसम्म झरी लगातार त पर्दैन तर मनसुन पनि नसकिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार अक्टोबर २ को एक हप्तासम्म चाहिँ मनसुन नेपालबाट बाहिरिने छ । घटस्थापनापछि दुई–चार दिन हल्का पानी परे पनि दशैंको टीकाको दिन भने पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले जानकारी दिएकी छन् ।

मङ्लबार, ८ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे