शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस भव्य रुपमा मनाउने भएको छ ।  विश्व शेर्पा दिवस विश्व शेर्पा संघ जम्बुलिङ शेर्वा छोक्पाले हरेक बर्षको अक्टोबर ८ का दिन मनाउदै आएको छ । यसकै अवसरमा युवा पुस्ताको रुचि अनुरुपको डिजे डान्स पार्टी कार्यक्रम पनि आयोजना गरीने भएको छ । शेर्पा संघ अमेरिकाले दिउसो विश्व शेर्पा दिवसको औपाचारिक कार्यक्रमपछि बेलुकी डिजे पार्टी गर्न लागेको संघले पत्रकार सम्मेलन मार्फत जानकार दिइएको हो ।

शेर्पा समुदायको यो महत्वपुर्ण दिवसको दिन औपाचारिक कार्यक्रमसंगै वेलुकी युवाहरुलाई समेटेर डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष पासाङ दोर्जी एपि शेर्पाले बताए । उनका अनुसार विश्व शेर्पा दिवस कार्यक्रमको उदघाटन विश्व शेर्पा संघका संस्थापक तथा निर्वतमान अध्यक्ष आङ दोर्जी एडी शेर्पाले गर्ने कार्यक्रम छ । पत्रकार सम्मेलनमा संघका सल्लाहकार तथा लुम्बिनी विकास कोषको पुर्व सदस्य सचिव आङ दावा शेर्पा, सल्लाहकार आङ फुरी शेर्पा, बिश्व शेर्पा संघका बरिष्ठ उपाध्यक्ष ङिमा शेर्पा र विश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाले अमेरिकामा विश्व शेर्पा दिवसको बेलुकी युवालाई समेटेर कार्यक्रम गर्न लागेकोमा खुसी व्यक्त गदै शुभकामना दिएका थिए ।

शेर्पा सस्कृति नया पिडिलाई हस्तान्तरण गर्ने उद्धेश्य अनुरुप हुन लागेको डिजे कार्यक्रममा विविध मौलिक शेर्पा सस्कृतिको साथै नादिङ गीतहरू , शेर्पालाई अवश्यक उपायोगी प्रवचन तथा धार्मिक कुराहरु प्रस्तुत हुने आयोजकले जनाएको छ । अक्टोबर ८ लाई शेर्पा दिवसको रुपमा मनाउन न्युयोर्क सिटिको राज्य स्तरमा मान्यता दिलाउन आवश्याक पहल भइरहेको शेर्पा संघ अमेरिकाका अध्यक्ष एपी शेर्पाले जानकारी दिए । डिजे कर्यक्रममा ख्यातिप्राप्त नेपालका प्रथम डीजे तेन्जिङ शेर्पा संगै न्युयोर्कको परिचित डिजे यल एस जङबु शेर्पाले साथदिने भएका छन । बोस्टन, न्यु हेम्सर कनेटिकेट , न्युजसीर्, टेक्सास, नर्थक्यारोलिना, कोलाराडो र वसिङटनडिसीबाट अतिथिहरु आउन लागेको जनाएको छ ।

शनिबार, ५ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे