Trending
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन् ।
संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले, राजनीति आफैँमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रूपमा प्रयोग गर्ने गरिएको बताए । उनले राजनीतिमा आपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेका जोड दिए ।
उनले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने धारणा राखे । अहिलेसम्म धेरै पटक संशोधन गरेकैले संविधानहरू जीवित रहेको बताउँदै समयअनुकुल परावर्तन गरेमात्र संविधानलाई जीवित राख्न सकिने बताए । धेरै पटक संशोधन गरेको संविधानहरू नै जीवित रहेको उनको भनाइ छ ।
उनले आज देशका समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको भएतापनि समस्याको पहिचानमा नै अन्यौलता रहेको बताए ।