Trending
अष्ट्रेलियाबाट नेपाल आएको एक टोलिले आज ईमेज ग्रुप अफ कम्पनिज अन्र्तगतको ईमेज टेलिभिजन, ईमेज एफ.एम. र ईमेज खबर डट कमको कार्यालयको अवलोकन गरेको छ । सरकारी स्वामित्वको विश्वविद्यालय अष्ट्रेलियन फिल्म, टेलिभिजन एण्ड रेडियो स्कुलकी न्याट्ली पोइज, कम्युनिटी बोर्डकास्टिङ एशोसिएसनका कार्यकारी निर्देशक जोन विसेट र नेशनल इश्नीक एण्ड मल्टीकल्चर ब्रोडकास्टर एशोसिएशनका कार्यकारी निर्देशक प्रदिप तिमल्सिनाले संयुक्त रुपमा ईमेज टेलिभिजनको कार्यालय, स्टुडियो, रेडियो र अनलाईनको अवलोकन गरेका हुन् ।

अवलोकन पछि कम्युनिटी बोर्डकास्टिङ एशोसिएसनका कार्यकारी निर्देशक जोन विसेटले नेपाली मिडियाहरु समाचार प्रवाहमा स–शक्त रहेको बताए । उन्ले उपलब्ध स्रोत र साधनको तुलनामा नेपाली मिडियाहरुको अवस्था सन्तोषजनक देखिएको तर, अष्ट्रेलियका मिडियाहरुमा स्रोत र साधनको कमी नभएका कारण त्यो अवस्थासम्म पुग्न नसकेको बताए । उता अष्ट्रेलियन फिल्म, टेलिभिजन एण्ड रेडियो स्कुलकी न्याट्ली पोइजले पनि अष्ट्रेलियाका सञ्चारमाध्यम स्रोत र साधनले सम्पन्न भएको र अष्ट्रेलियाका सञ्चारमाध्यमसंग तुलना गर्न नसकीने भन्दै नेपाली मिडियालाई स्रोत र साधन सम्पन्न बनाउनु पर्ने आवश्यकता औल्याईन् । 
पहिलो पटक नेपालको एक कार्यक्रममा सहभागि हुन आएका उनीहरुले नेपाका मिडियाहरुको वर्तमान अवस्था, सञ्चारकर्मीको अवस्था र एक आपसमा सञ्चार जगतको समन्वयको बारेमा जिज्ञासा राखेका थिए । उनीहरुले अष्ट्रेलियाका मिडियाको अवस्था र नेपालका मिडियाको अवस्थाको बारेमा अनुभव आदानप्रदान गरका थिए । अनुगममन कार्यक्रमको सहजिकरण नेशनल इश्नीक एण्ड मल्टीकल्चर ब्रोडकास्टर एशोसिएशनका कार्यकारी निर्देशक प्रदिप तिमल्सिनाले गरेका थिए ।