पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो । दरौँखोला किनारको मूलबाट पानी तानेर वितरण गरिएको हो ।

“सङ्घीय सरकारअन्तर्गत आव २०७४/७५ मा निर्माण सुरु भएको उक्त आयोजना कार्यान्वयनका लागि गण्डकी प्रदेशमा हस्तान्तरण भई आएको थियो”, उनले भने, “निर्माण सुरु भएदेखि क्रमिक रूपमा निर्माण सम्पन्न हुँदाको समयसम्म झण्डै रु चार करोड खर्च भएको छ ।” सङ्घीय सरकारबाट विनियोजन भएको रु तीन करोड ५४ लाख र स्थानीयको जनश्रमदान रु ४१ लाख गरी रु तीन करोड ९५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

“सञ्चालनमा आएको खानेपानी आयोजना गुणस्तर तथा शुद्धीकरणको नमूनाका रूपमा रहेको छ”, उनले भने, “पानी शुद्धीकरणका लागि फिल्टरलगायत उपकरण जडान गरिएको छ ।” निर्माण सुरु भएको सात वर्षपछि धारामा पानी आउँदा स्थानीयमा खुसी छाएको छ । योजना सम्पन्न भई सञ्चालनमा आएसँगै हीरापाटा, न्यौपाने थर, जामुने, देउराली, लौके, बगैँचा, मान्केस्वाँरा, भैरवथानका एक सय ५० घरका सात सय ९५ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

बुधबार, २६ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा