ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृह जिल्ला सङ्खुवासभा आइपुगेका छन् । उनी मन्त्री भएपछि पहिलोपटक बुद्ध एयरको जहाजमार्फत गृह जिल्ला आएका हुन् ।

उनलाई सङ्खुवासभास्थित तुम्लिङटार विमानस्थलमा प्रमुख जिल्ला अधिकारी धुव्र खड्का, जिल्लास्थित नेपाली काँग्रेसका कार्यवाहक सभापति अनन्त गौलीलगायत स्थानीय जनप्रतिनिधि तथा जिल्लावासीले स्वागत गरेका छन् । स्थानीय वेषभूषामा सजिएका पञ्चकन्याले पुष्पगुच्छाले स्वागत गरेका थिए । मन्त्री खड्कासँगै मन्त्रालयका सचिवसहित उच्च पदस्थ अधिकारी सङ्खुवासभा आइपुगेका छन् ।

मन्त्री खड्काले गृह जिल्लामा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मन्त्री खड्काका स्वकीयसचिव भुपालमान बस्नेतले जानकारी दिए ।

 

सोमवार, २४ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा