लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।

धाननाच (याःलाङ) संरक्षण तथा प्रवद्र्धन गर्न आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य रूपमा धान नाच प्रस्तुत गर्दै मौलिक संस्कृतिलाई उजागर गर्ने प्रयास गरेका छन् । नेवार समुदायको लाखे पर्वका अवसरमा आयोजना गरिएको यस कार्यक्रममा किशोरदेखि वृद्धसम्मको उत्साहजनक उपस्थिति रह्यो ।

याक्थुङ चुम्लुङ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले जुहारी शैलीमा लिम्बू भाषामा गाइने पाःलाम गीतसँगै सामूहिक रूपमा गोलाकार र लामबद्ध भएर नाच प्रस्तुत गरेका थिए ।

धान नाच लिम्बू समुदायको मात्र नभई अन्य समुदायमा समेत लोकप्रिय छ । विशेषगरी विवाह, मेला र अन्य उत्सवमा धान नाच प्रचलित रहँदै आएको छ ।

लिम्बू समुदायमा धान नाचले सामाजिक सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । चेली माइती र नाता नलाग्ने युवक युवतीबीच माया प्रेम साट्ने माध्यमका रूपमा पनि धान नाच चर्चित छ । तर, पछिल्लो समय नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृतिप्रति चासो नदिँदा धान नाच लोप हुने अवस्थामा पुगेको जानकार टिप्पणी गर्छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् ताप्लेजुङका अध्यक्ष भद्र बोखिम लिम्बूका अनुसार पश्चिमा संस्कृतिको प्रभाव र युवाको घट्दो रुचिका कारण यो संस्कृति सङ्कटमा परेको हो । “मौलिक संस्कृतिको संरक्षणका लागि युवापुस्तालाई सचेत पार्नुपर्ने आवश्यकता रहेको बताए ।

याक्थुङ सांस्कृतिक परिषद्का जिल्ला अध्यक्ष हाङमाया लेछर्बो लिम्बूले पनि धान नाचको महत्वमा जोड दिँदै भने, “युवा आधुनिकतामा रमाइरहेका छन्, जसका कारण हाम्रो मौलिक संस्कार सङ्कटमा परेको छ ।” उनले यस्ता कार्यक्रमले संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

किरात याक्युङ चुम्लुङ, याक्थुङ सांस्कृतिक परिषद्लगायत सङ्गठनले संस्कृति संरक्षणको प्रयास गर्दै आए पनि यो निरन्तरतालाई संस्थागत रूपमा सशक्त पार्न अझै धेरै कामगर्न बाँकी रहेको उनले बताए ।

धान नाचले सांस्कृतिक गौरवमात्र होइन, सामाजिक एकताको सन्देश पनि प्रवाहित गरिरहेको छ । यस्ता प्रयास जारी रहँदामात्र यो मौलिक नाचले पहिचान बचाइराख्नसक्ने उनको बुझाइ छ । रासस

बुधबार, १२ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा