सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा पर्वअन्तर्गत आज ‘नानी गौरा’ र ‘ठूली गौरा’ मनाइँदै छ । भदौ कष्ण षष्ठी र सप्तमी तिथी एकैदिन परेकाले आइतबार नानी गौरा र ठूली गौरा मनाउन लागिएको हो ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपित डा. टीएन जोशीका अनुसार हिजो पञ्चमीका दिन बिधिवत् भिजाइएका बिरूडालाई आज षष्ठीका दिन ब्रतालु महिलाहरू गाउँकै पवित्र जलासयमा गएर फाग र माङल गाउँदै बिरूडा पखाल्ने काम गरिरहेका छन् ।

‘बिरूडा पखालिसकेपछि आजै महिलाहरू गौरा महेश्वरको पूजा अर्चना हुने घरको आँगनस्थित तुलसी मठमा जम्मा भइ बलु नामको एक प्रकारको वनस्पतिको पूजा गर्दछन्,’ उनले भने, ‘आजै अमुक्ताभरण सप्तमी पनि परेको छ । ब्रतालुहरूले आजै गौरा घरमा गौरा भि¥याउने छन् ।’

उनका अनुसार नानी गौराको दिन वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई पानीको मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ । यस्तै ठूली गौराको दिन व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याएर विशेष दिनको रुपमा लिने गर्दछन् । सोही दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको छ ।

व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि गौरादेवीमा चढाइन्छ । यसका साथै साँझ व्रतालुहरुले कुण्ड स्नान गर्ने चलन छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्दछन् । अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । सोही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

आइतवार, ९ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !