file photo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताएका छन्।

बूढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा आज मन्त्रालयमा आयोजित छलफलमा उनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि बूढीगण्डकी परियोजनाभित्र देखिएका समस्यालाई समाधान गर्दै तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताए।

ऊर्जामन्त्री खड्काले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउन ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेकाले आयोजना निर्माणबाट पछाडि हट्ने कुनै ठाउँ नरहेको उल्लेख गरे।

“बूढीगण्डकी परियोजना अगाडि बढाउन परेको समस्यालाई समाधान गर्दै अगाडि बढाउनुपर्छ”, उनले भने।

उनले बूढीगण्डकी परियोजना अगाडि बढाउन अर्थमन्त्री, प्रधानमन्त्रीसँग छलफल गरेर अघि बढ्ने बताए। मन्त्री खड्काले बूढीगण्डकी परियोजनाजस्तै समस्यामा रहेको पञ्चेश्वर बहुउदेश्यीय आयोजनालाई पनि अगाडि बढाउन सरकारले पहल गर्ने उल्लेख गरे।

बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मधुप्रसाद भेटुवालले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउन लगानी मोडालिटीलाई तत्काल टुङ्गो लगाउनुपर्ने बताए। उनले बूढीगण्डकी परियोजनामा कार्यरत करारका कर्मचारीको समस्यासमेत समाधान गर्नुपर्ने उल्लेख गरे।

गोरखा र धादिङ जिल्लाका ९ स्थानीय तहलाई छुने गरी निर्माण हुन लागेको बूढीगण्डकी परियोजना १ हजार २०० मेघावाट क्षमताको रहेको छ। उक्त परियोजनाको कुल लागत ३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ।

उक्त आयोजना निर्माण हुँदा ८ हजार ११७ घरधुरी प्रभावित हुनेछन्। आयोजना प्रभावित अधिकांश बासिन्दालाई मुआब्जा वितरण गरिसकिएको कम्पनीले जनाएको छ।

शुक्रबार, ७ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा