अर्थमन्त्री विष्णु पौडेलले अब उद्योगी व्यवसायीले समस्या भोग्नु नपर्ने बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बलियो रहेको र उद्योगी व्यवसायीका समस्या समाधानका लागि तत्परता देखाउने भएकोले अब व्यवसायीले समस्या भाग्नु नपर्ने धारणा राखेका हुन् ।
उनले अहिलेको संसदले सबैभन्दा बलियो सरकार निर्माण गरेको दाबी गर्दै निजी क्षेत्रले विगतको जस्तो समस्याहरू भोग्न नपर्ने धारणा राखेका हुन् ।
यस्तै, उनले वर्तमान सरकारले निजी क्षेत्रको भूमिका बुझेको पनि बताएका छन् । उनले निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
उनले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए । उनका अनुसार अहिलेको अर्थतन्त्र सुधार गर्नको लागि आन्तरिक खपत बढाउनु पर्नेछ ।
विस्तारै अर्थतन्त्रको केही सूचक सुधार हुँदै गएको भएपनि समस्याबाट अझैं बाहिर आउन नसकेको उनको भनाइ छ ।