Trending
नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
नेपाल उद्योग व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्।
उनले साना तथा मझौला उद्योग सञ्चालनका लागि सहयोग आवश्यक रहेकाले त्यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए। अध्यक्ष ढकालले स्टार्ट अप परियोजनालाई कर्जा प्रवाह परियोजनाको रूपमा अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइले पनि मुलुकका आर्थिक गतिविधिलाई अघि बढाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘बिजुलीलाई कच्चा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउनुपर्छ। ह्वील चार्ज तिरेर सिधै बिजुली किन्ने व्यवस्था गरिनु पर्दछ। बजेटका त्यसको केही कुरा आए पनि त्यो इम्पिलिमेन्ट हुन सकेको छैन। कच्चा पदार्थ र अन्तिम वस्तुको उत्पादन वैज्ञानिक बनाई यसमा सहुलियत दिनुपर्दछ भन्ने कुरा पनि म राख्न चाहन्छु।’
अध्यक्ष ढकालले कच्चा पदार्थ आयातमा अझै सहुलियतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।