पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व संकलन गरेको छ।

वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कुल राजस्व असुलीको आधा भन्दा बढी राजस्व पर्यापर्यटनबाट संकलन गरेको हो।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वन पैदावार बिक्रीबापत एक करोड ३५ लाख ६८ हजार नौ सय २९ रूपैयाँ, काठ दाउरा बिक्रीबाट आठ लाख ३५ हजार आठ सय ४७, गैरकाष्ठ वन पैदावारमार्फत एक करोड २७ लाख ३३ हजार ८२ रूपैयाँ संकलन गरेको छ।

त्यस्तै दण्ड सजायबाट २८ लाख ५८ हजार एक सय २२ र अन्य शीर्षकबाट तीन लाख ७७ हजार पाँचसय ७० रूपैयाँ असुली गरेको छ। निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट दुई करोड ८४ लाख चार हजार पाँच रूपैयाँ राजस्व संकलन गरी कुल चार करोड ५२ लाख आठ हजार छ सय २६ रूपैयाँ संकलन भएको संरक्षण अधिकृत वाग्लेले जानकारी दिए।

निकुञ्जमा वनसम्बन्धी विभिन्न १२ र वन्यजन्तुसम्बन्धी २४ गरी ३६ मुद्दा दर्ता भएकोमध्ये चारवटा मुद्दा फैसला भएका छन्। बाँकी मुद्दा क्रमशः फैसला गरिँदै लगिने जनाइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा गतवर्ष स्वदेशी, विदेशी र सार्क मुलुकका गरी कुल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। जसमध्ये नेपाली १८ हजार १०, विदेशी छ हजार छ सय ८४ र सार्क मुलुकका एक हजार चार सय ३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। बर्दियामा पर्यटकले हात्ती, बाघ, गैँडालगायतका वन्यजन्तु अवलोकन गर्न मन पराउने ठाकुरद्वाराका पर्यटन व्यवसायी गोविन्द अधिकारी बताउँछन्।

पर्यटकले प्राकृतिक विविधतासँगै स्थानीय थारु संस्कृति, परम्परा, परिकार मन पराउने गर्छन्। जंगल ‘वाक’ तथा सफारी गर्दै घण्टौँ कुरेर विदेशी तथा स्वदेशी पर्यटकले निकुञ्जमा बाघ हेरेर फर्किने गरेको व्यवसायी अधिकारीले बताए। निकुञ्ज प्रवेश तथा जीप सफारी गर्दा निकुञ्जमा निश्चित दस्तुर बुझाउनुपर्छ। रासस

बिहिबार, ६ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान