ताप्लेजुङको सुकेटार विमानस्थलमा ४५ दिनदेखि उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण सुकेटारमा एक मात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो ।

बर्खा मौसम सुरु भएसँगै सुकेटार विमानस्थलमा हवाई उडान अवरुद्ध बनेको ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमको स्टेसन कार्यालयले जनाएको छ । स्टेसनका कर्मचारी किरण गिरीका अनुसार मौसम प्रतिकूलताकै कारण उडान ठप्प भएको हो । गत जेठ ११ गते शुक्रवारदेखि सुकेटार विमानस्थलमा उडान बन्द भएको निगमले जनाएको छ ।

हिमाली जिल्ला भएकाले यहाँ जेठको दोस्रो सातापछि प्रायः मौसम नखुलेको अर्थात् बाक्लो हुस्सु र कुहिरो लाग्न सुरु भएको स्टेसन इन्चार्ज नारायण कार्कीले जानकारी दिए । कार्कीका अनुसार यसपालि दिनहुँ जसो वर्षा भएको र निरन्तरको वर्षा तथा हुस्सुका कारण उडान सञ्चालनमा ल्याउन असम्भव भएको हो ।

उडान ठप्प हुँदा सेवाग्राही भने हवाई सेवा उपभोग गर्नबाट वञ्चित भएका छन् । उडान नहुँदा ताप्लेजुङको भ्रमणमा भित्रने आन्तरिक तथा बाह्य पर्यटक साथै सर्वसाधारण सेवाग्राहीले हवाई सेवा लिन नपाएका हुन् । उडान सञ्चालनका लागि अहिले पनि मौसम अनुकूल भई नसकेको निगमले जनाएको छ । हाल ताप्लेजुङमा दिनहुँ जसो वर्षा भइरहेको छ भने यस वर्ष वर्षमायामा तुलनात्मक रूपमा पानी पनि बढी परेको छ ।

यता मौसममा केही सुधार आइरहेको र दसैँ तिहारजस्ता चाडपर्व नजिकिएकाले उडान सञ्चालन गर्ने तयारी भने भइरहेको निगमको स्टेसन कार्यालयले जनाएको छ । आउने साताको बुधवारदेखि निगमले उडान सञ्चालन गर्ने तयारी गरिरहेको स्टेसन कार्यालयका कर्मचारी गिरीले जानकारी दिए । निगमको ट्विनअटर जहाजले यात्रुको उपलब्धता अनुसार हप्तामा तीन पटकसम्म काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्दै आएको छ ।

बिहिबार, ६ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे