file photo

सरकारले आगामी सिजनमा थप ५७ वटा हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ । पर्यटन विभागका अनुसार पाँच हजार आठ सय मिटर उचाइमाथिका थप ५७ वटा हिमाल आरोहणका लागि खोल्ने प्रक्रिया अघि बढाइएको हो ।

विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ वटा चुचुरो आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिए । “मन्त्रीपरिषद्बाट स्वीकृति पाएलगत्तै नयाँ हिमाल आरोहणको बाटो खुला हुन्छ,” उनले भने ।

पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश कार्यक्रम अनुसार नेपाल–भारत तथा नेपाल–चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्न लागिएको उनले जानकारी दिए ।

निर्देशक गुरुङका अनुसार आरोहणका लागि खुला गर्न लागिएका हिमालबारे कुनै पनि गाउँपालिकाबाट दाबी विरोध नआएकाले आरोहणलाई अझै व्यवस्थित बनाउने विषयमा छलफल जारी रहेको छ । नेपालको पर्वतीय पर्यटनको विकास, साहसिक पर्यटनको संरक्षण र प्रवर्धन गर्न खुला गर्न लागिएका ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएका र नौ वटा हिमाल सीमाभित्रका रहेको उनले जानकारी दिए।

आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू पाँच हजार ८०७ देखि छ हजार ८६८ मिटर उचाइसम्मका रहेका छन् । हाल सरकारले आरोहणका लागि ४०१ वटा हिमाल आरोहणका लागि खुला गरे पनि सबैमा आरोहण हुन सकेको छैन ।

हाल पर्यटन विभाग र पर्वतारोहण सङ्घले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिँदै आएका छन् । सरकारले सङ्घलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ । यसमा पनि छ हजार पाँच सयभन्दा कम उचाइ भएका हिमाल पर्दछन् । बाँकी हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुँदै आएको छ ।

शनिबार, १ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !